शनिबार, फागुन ३०, २०८२

'भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी'

भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी दूरी र लकडाउनको रणनीतिले काम गरिरहेको दाबी गरेको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

नयाँ दिल्ली- भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आपसी दूरी र लकडाउनको रणनीतिले काम गरिरहेको दाबी गरेको छ।

National life

भारतमा कोरोना भाइरस संक्रमणको रफ्तार अप्रिल पहिलो साताको तुलनामा ४० प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार देशव्यापी लकडाउनअघि प्रत्येक तीन दिनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्ने गरेकोमा अहिले यो आंकडा ६.२ दिनमा पुगेको छ।

अग्रवालले सामाजिक दुरी र लकडाउन रणनीतिले काम गरेका कारण संक्रमणको गति कम भएको दाबी गरे।

उता पछिल्लो २४ घण्टामा भारतमा थप करिब एक हजार जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतभर संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ भने। यीमध्ये ४८० को मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

आजसम्म संसारभर संक्रमितको संख्या २२ लाख ६७ हजार नाघिसकेको छ भने यीमध्ये १ लाख ५५ हजारको मृत्यु भएको छ। त्यस्तै निको भएकाको संख्या ५ लाख ८१ हजार नाघेको छ। 

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ जहाँ यो भाइरसले ३७ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ भने सात लाख बढीलाई आफ्नो चपेटामा पारेको छ। त्यस्तै संक्रमितमध्ये ६३ हजार ५१० जना निको भइसकेका पनि छन्।

प्रकाशित: Apr 18, 2020| 18:38 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।