बिहीबार, भदौ ४, २०८३

महारानी एलिजावेथलाई जन्मदिनमा सलामी नदिइने

कोरोना भाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

कोरोना भाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।

दरबार श्रोतले एएफपीसँग भन्यो, “महारानीको जन्मोत्सवका दिन मङ्गलबार त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुनेछैन । महारानीले अहिलेको विसम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।”

महारानी मङ्गलबार .अप्रिल २१) मा ९४ वर्ष लाग्दैछिन्। उनले विरलै राष्ट्रिय सम्बोधन गर्ने भएपनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उनले कोरोना भाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन्।

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण शनिबारसम्ममा विश्वमा एक लाख ५५ हजार १९० जनाको मृत्यु भइसकेको छ भने २२ लाख ६९ हजार १४३ व्यक्ति सङ्क्रमित भएका छन् । सुरूमा चीनमा पत्ता लागेको यो भाइरस सङ्क्रमणका कारण शनिबार सम्ममा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अमेरिकामा रहेको छ । सङ्क्रमणका कारण बढी प्रभावित हुने अन्य मुलुकहरूमा स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत अग्रस्थानमा पर्छन् ।

मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत पनि छैठौँ स्थानमा रहेको छ । सङ्क्रमितको सङ्ख्या रोक्ने एउटा उपायका रूपमा बेलायतको सरकारले गत महिनादेखि बन्दाबन्दी (लकडाउन) आदेश जारी गरेको थियो । सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यो हप्ता सरकारले लकडाउनको अवधि थप तीन हप्ताको लागि बढाएको छ । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १४ हजार ५७६ पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।
रासस

प्रकाशित: Apr 18, 2020| 20:12 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।