बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरको मस्जिदमा रहेका अर्का एक पुरुषमा पनि कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

उदयपुरको मस्जिदमा रहेका अर्का एक पुरुषमा पनि कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

कोरोनालाई जितेर दुई महिला घर फर्किएकै दिन अर्का एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं- कोरोनालाई जितेर दुई महिला घर फर्किएकै दिन अर्का एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षका पुरुषलाई कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । मन्त्रालयको वेब पेजमार्फत उसले यो जानकारी गराएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ३१ पुगेको छ । शुक्रबार चितवनमा २ र उदयपुरमा १२ जना संक्रमित भेटिएका थिए ।

नयाँ संक्रमित पुरुष पनि उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित मस्जिद बसेका १६ मध्येकै एक रहेको प्रदेश नम्बर १ सरकारले जनाएको छ । उक्त मस्जिदमा रहेका १२ जना भारतीय नागरिकमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

१२ जनासँगै रहेका अन्य चार जनालाई पनि उदयपुरबाट बिराटनगर लगिएको थियो । विराटनगर लगेर गरिएको रिपिट थ्रोट स्वाब परीक्षणमा थप एक जनामा नतिजा पोजेटिभ आएको कोशी अस्पतालस्थित उपचार केन्द्रले जनाएको छ।

लकडाउन सुरु हुनुअघि नै भारतबाट नेपाल प्रवेश गरेका यी १६ ब्यक्ति विराटनगर हुँदै पूवी तराईका मोरङ तथा सुनसरीका विभिन्न मस्जिदमा प्रवचन दिँदै हिँडेका थिए। सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै यात्रा गरेको प्रदेश १ सरकारले जनाएको छ।

प्रकाशित: Apr 18, 2020| 20:35 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।