काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ८१ हजार २ सय ८७ जना संक्रमित भएका छन् भने ६ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।
जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १० देशमा फैलिएको कोरोनाबाट आइतबार बिहानसम्ममा २३ लाख १७ हजार ७ सय ५९ जना संक्रमित भएका छन् । १ लाख ५९ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट अमेरिकामा २९ हजार ५७ जना संक्रमित भएका छन् भने १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ७ लाख ३८ हजार बढि ब्यक्ति संक्रमित भएका छन् भने ३९ हजारको मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ७७ जना संक्रमित भएका छन् भने ६ सय ३७ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ९४ हजार बढि ब्यक्ति संक्रमित भएका छन् भने २० हजार ६ सय बढि ब्यक्तिको मृत्यु भएको छ ।
इटालीमा बितेको २४ घण्टामा ३ हजार ४ सय ९१ जना संक्रमित थपिदा ४ सय ८२ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ ब्यक्ति संक्रमित भएका छन् भने २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।
यस्तै फ्रान्समा २४ घण्टामा ३ हजार ८ सय २४ जना संक्रमित भेटिएका छन् भने ६ सय ४२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्म १ लाख ५१ हजार ७ सय बढि ब्यक्ति संक्रमित भएका छन् भने १९ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ ।
जर्मनीमा शनिबार मात्रै २ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि हुँदा १ सय ८६ जनाको मृत्यु भएको छ। वेलायतमा ५ हजार ५ सय २५ जना नयाँ संक्रमित थपिदा ८ सय ८८ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा १ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १५ हजार ७ सय २२ जनामा संक्रमण देखिएको छ भने ५ सय २१ जनाको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा एक जना नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।