कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको एक महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन १५ वैशाखसम्म जारी रहनेछ।
कर्णाली प्रदेशमा हालसम्म ३ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर मेसिनबाट स्वाव परीक्षण र द्रुत प्रविधि अर्थात र्यापिड टेष्टबाट ३ हजार ७ सय ४१ जना...
जनकपुरधाम– वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रदेश सरकारसँग रुष्ट देखिएका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारसँग मेयर सरावगी रुष्ट भएका हुन् ।
कोरोना भाइरसको त्रासदीका कारण देशमा लकडाउन लागू भएको बेला मन्त्रीपरिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संक्रमित हुनेमा ७ महिला र २४ पुरुष छन्। ४ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। संक्रमित १४ जना भारतीय रहेको भनिए पनि सरकारी निकायले पुष्टि गरेको छैन।
अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी चोकस्थित हिल्स मेडी सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ।