बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल सामग्रीमा बढी मूल्य लिने औषधी पसललाई दुई लाख जरिवाना

मेडिकल सामग्रीमा बढी मूल्य लिने औषधी पसललाई दुई लाख जरिवाना

अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी चोकस्थित हिल्स मेडी सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी चोकस्थित हिल्स मेडी सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र प्रदेश ५ प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गराएको हो।

अनुसन्धानका क्रममा उक्त सप्लायर्सले मेडिकल सामग्रीमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गराइएको वाणिज्य कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयको आधिकारिक ट्विटर ह्यान्डलमा उक्त सप्लायर्सले मेडिकल सामग्रीमा तोकिएभन्दा बढी मूल्यमा बिक्री गरेको गुनासो परेको थियो। उक्त गुनासो परेपछि प्रहरी प्रधान कार्यालयले यसको सत्यतथ्य पत्ता लगाउन दाङस्थित प्रदेश प्रहरी कार्यालयलाई पत्रमार्फत् निर्देशन दिएको थियो।

यस्तै, नेपालगन्जस्थित कमला मेडिसिनलाई सचेत गराइएको वाणिज्य कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 20, 2020| 17:49 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।