बिहीबार, भदौ ४, २०८३

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएको जनाएको हो।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं– आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएको जनाएको हो।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।

यो पनिः

नेकपाभित्र विवाद चर्कियो, सचिवालय बैठक बस्दै

प्रकाशित: Apr 20, 2020| 19:04 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।