बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाका कारण आदित्यनाथले पितासँग अन्तिम भेट गर्न पाएनन्

कोरोनाका कारण आदित्यनाथले पितासँग अन्तिम भेट गर्न पाएनन्

भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथका पिताको निधन भएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथका पिताको निधन भएको छ।

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा आदित्यनाथका पिताको सोमबार बिहान करिब ११ बजे निधन भएको हो।

आदित्यनाथका पिता आनन्द सिंह विष्टको ८९ वर्षको उमेरमा निधन भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्।

मिर्गौला र कलेजोका बिरामी विष्टको एम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

पिताको निधनको समयमा आदित्यनाथ कोरोना भाइरसको महामारीविरुद्ध लड्न बनाइएको टीम-११ को बैठकमा थिए।

आदित्यनाथका पिता विष्ट उत्तराखण्डको यमकेश्वरस्थित पन्चुर गाउँमा बस्दै आएका थिए।

उनी उत्तराखण्डमा फरेस्ट रेन्जर पदबाट सन् १९९१ मा रिटायर भएका थिए।

सोमबार साँझ योगी आदित्यनाथले अन्तिम समयमा पिताको दर्शन गर्न नपाएको ट्वीटरमार्फत् जनाएका छन्।

उनले लेखेका छन्, 'अन्तिम क्षणमा पिताजीको दर्शन गर्ने इच्छा थियो तर विश्व महामारी कोरोना भाइरसविरुद्ध देशको लडाईमा उत्तर प्रदेशका २३ करोड जनताको हितमा अगाडि बढाउने कर्तव्यका कारण दर्शन गर्न सकिन।'

प्रकाशित: Apr 20, 2020| 18:56 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।