सोमबार, वैशाख २८, २०८३

मुम्बईमा ५३ पत्रकारलाई कोरोना संक्रमण

भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

एजेन्सी- भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

कोरोना भाइरसको विश्व्यापी महामारीमा अग्रमोर्चामा काम गर्ने बर्ग पत्रकार उच्च जोखिममा भइरहेका बेला मुम्बईमा ठूलो संख्यामा पत्रकारहरुमा संक्रमण देखिएको हो।

मुम्बईको आजाद मैदानमा अप्रिल १६ र १७ तारिखमा कोरोना भाइरस परीक्षणका लागि आयोजना गरिएको एउटा विशेष क्याम्पमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

ब्रिहनमुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) ले १ सय ७१ पत्रकारको स्वाब संकलन गरेको थियो। जसमा इलेक्ट्रोनिक र प्रिन्ट मिडियाका पत्रकार एवम् फोटो पत्रकार र क्यामेरा मेन थिए।

बीएमसीका प्रवक्ता विजय काबलेले यो कुराको पुष्टि गर्दै कोरोनाको लक्षण देखिएका सबैलाई परीक्षण गराउन अपील गरेका छन्।
कोरोना पोजेटिभ देखिएका सबैलाई आइसोलेसनमा राखिएको छ।

महाराष्ट्रमा सोमबारसम्म ४ जार ४८३ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

त्यहाँ २ सय २३ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ५ सय ७ जना उपचारपछि निको भएका छन्।

प्रकाशित: Apr 20, 2020| 19:50 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।