बिहीबार, भदौ ४, २०८३

सल्यानमा एकजनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

सल्यानमा काेराेना भाइरस र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

सुर्खेत- सल्यानमा काेराेना भाइरस र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। शारदा नगरपालिका–१ चैबाङ जिउलाका ३२ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए।
उनको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ। ती युवकको मंगलबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि सुर्खेत पठाइने प्रमुख बुढाले बताए।

शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीका अनुसार उनी चैत ६ गते यूएईबाट काठमाडौं आएर गाउँ फर्किएका थिए। लकडाउनअघि नै गाउँ फर्किएका कारण उनी होम क्वारेन्टाइनमा बसेका थिए। ‘सामान्य ज्वरो नापेर होम क्वारेन्टाइनमा बस्नु भनेका थियौं अधिकारीले भने, 'वडामा सावधानी अपनाएका छौं।’

स्वास्थ्य कार्यालयका अनुसार सल्यानमा हालसम्म ४ सय ९५ जनामा र्‍यापिड टेस्ट गरिएको छ।

प्रकाशित: Apr 20, 2020| 18:17 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।