बिहीबार, भदौ ४, २०८३

कर्णालीमा झन्डै ४ हजारको कोरोना परीक्षण

कर्णाली प्रदेशमा हालसम्म ३ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर मेसिनबाट स्वाव परीक्षण र द्रुत प्रविधि अर्थात र्‍यापिड टेष्टबाट ३ हजार ७ सय ४१ जना गरी कुल ३ हजार ९ सय ३९ जनामा नमूना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

कर्णालीमा झन्डै ४ हजारको कोरोना परीक्षण

जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात सुर्खेतमा १ हजार २ सय ४१ जनाको र्‍यापिड टेष्ट गरिएको छ । त्यस्तै सल्यानमा ६ सय ७३, रुकुमपश्चिमा ४ सय ६७ जनाको र्‍यापिड टेष्ट गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।

त्यस्तै मुगुमा २ सय ७, कालिकोटमा ३ सय १०, जुम्लामा १ सय ४९, जाजरकोट २ सय ७४, हुम्लामा १ सय ४५, डोल्पाको १३ र दैलेखमा २ सय ६२ जना गरी कुल ३ हजार ७ सय ४१ जनामा र्‍यापिड टेष्ट गरिएको छ । जसममध्ये सल्यानका ३२ वर्षिय एक युवामा र्‍यापिड टेष्ट पोजेटिभ देखिएको छ ।

जसमध्ये सल्यानका ३२ वर्षिय एक युवामा आज र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । जाजरकोट र कालिकोटमा भने किट अभावका कारण र्‍यापिड टेष्ट गरिएको छैन । त्यस्तै डोल्पामा भने र्‍यापिड टेष्ट गराउने मानिस पाउने मुस्कील परेको छ । गत शुक्रबारदेखि आजसम्म त्यहाँ १३ जनाको मात्रै र्‍यापिड टेष्ट गरिएको छ ।

त्यस्तै कर्णालीमा स्वाव परीक्षण गर्ने पीसीआर मेसिनले १ सय ९८ जनाको नमूना परीक्षण गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जनाए । गत चैच २० गते कर्णाली प्रदेशको सुर्खेतमा स्वाव परीक्षण प्रयोगशाल स्थापना भएको हो ।

मेसिनको क्षमता न्यून हुँदा तीन हप्तासम्म १ सय ९८ जनाको मात्रै नमूना परीक्षण गरिएको छ ।

प्रकाशित: Apr 20, 2020| 20:18 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।