बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीभी एजुकेसन ग्रुपद्वारा गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

डीभी एजुकेसन ग्रुपद्वारा गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

डीभी ग्रुपले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

जनकपुरधाम- डीभी ग्रुपले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ।

लम्बिँदै गरेको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुका लागि डीभी ग्रुपले खाद्यान्नलगायतको सामग्री सहयोग गरेको हो।

डीभी एजुकेसन ग्रुप तथा नेपाल समय मिडिया प्रालिका समेत अध्यक्ष रहेका विश्वनाथप्रसाद शाहले जनकपुरस्थित असहाय संरक्षण मञ्च र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकालाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेकोले असहाय संरक्षण मञ्च र लक्ष्मीनियाँ गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको अध्यक्ष शाहले बताएका छन्।

अध्यक्ष शाहले असहाय संरक्षण मञ्चलाई ५ क्विन्टल चामल, १ क्विन्टल दाल, २ क्विन्टल आलु र १ क्विन्टल नुन सहयोग गरेका छन्। यसैगरी उनले लक्ष्मीनियाँ गाउँपालिकालाई ५ क्विन्टल चामल, ५० केजी दाल, १ बोरा नुन र ११ कार्टुन साबुन सहयोग गरेका छन्।

मञ्चले ‘लकडाउन’ सुरु भएयता गरिब, विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई दैनिक खानाको व्यवस्था गर्दै आइरहेको छ।

डीभी ग्रुपबाट प्राप्त भएको खाद्यान्न सहयोगले यहाँका गरिब तथा विपन्न परिवारलाई ठूलो राहत प्राप्त भएको मञ्चका अध्यक्ष बैद्यनाथ साहले बताए।

अहिलेको संकटको घडीमा गरिब तथा विपन्नहरु समस्यामा परेपछि सामाजिक दायित्व निर्वाह गर्दै खाद्यान्न सहयोग गरिएको डीभी एजुकेसन ग्रुपका चिफ अपरेटिङ अफिसर ऋतु न्यौपानेले जानकारी दिइन्।

डीभी एजुकेसन ग्रुपअन्तर्गत काठमाण्डौंमा ट्रिटन इन्टरनेशल कलेज, सेफर्ड कलेज र शुभश्री कलेज सञ्चालनमा रहेका छन्।

 

प्रकाशित: Apr 20, 2020| 19:06 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।