बिहीबार, भदौ ४, २०८३

बढुवा भएका १० डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

मन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

मन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका १० जना डीआईजीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

बढुवा भएकाहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी रहेका छन्।

सोही अवसरमा ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरीय निर्णयअनुसार प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढ्ुवा भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे।

सो अवसरमा आईजीपी ज्ञवालीले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै बढुवा पश्चात प्राप्त गर्ने जिमेवारी एवम् संगठनका नीतिहरु पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए।

प्रकाशित: Apr 20, 2020| 17:59 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।