सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले भगवान रामको जन्म नेपालमा भएको हो भनेर दिएको अभिव्यक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने बताएका छन्।
बैंकिङ क्षेत्रमा भएको अधिक तरलता राष्ट्र बैंकले बेलैमा व्यवस्थापन गर्न सकेन भने अनुत्पादक क्षेत्रमा लगानी बढ्ने, अनौपचारिक च्यानलतर्फ प्रवाह हुने, पुँजी पलायनगायत वित्तीय जोखिमका गतिविधि बढ्न सक्छन्।
राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएसँगै विभिन्न खेल संघका पदाधिकारीले राजीनामा दिने क्रम सुरु भएको छ। सोमबारसम्म ३३ जनाले ५६ खेल संघका ५६ पदबाट राजीनामा दिएका छन्।
त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धक हुँ भन्दै कर्जा पास गरिदिने प्रलोभनमा पारेर १० लाख रुपैयाँ ठगीको आरोपमा दार्चुलाका ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेका छन्।
बालबालिकाको अधिकारका लागि काम गर्ने बेलायती संस्था ‘सेभ द चिल्ड्रेन’ का अनुसार कोरोना महामारीबाट उत्पन्न संकटका कारण करोडौं बालबालिकाको अधिकार खोसिंदै छ।