मंगलबार, भदौ ९, २०८३

बैंकको नक्कली प्रबन्धक बनेर १० लाख ठगी

नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धक हुँ भन्दै कर्जा पास गरिदिने प्रलोभनमा पारेर १० लाख रुपैयाँ ठगीको आरोपमा दार्चुलाका ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

धनगढी– नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धक हुँ भन्दै कर्जा पास गरिदिने प्रलोभनमा पारेर १० लाख रुपैयाँ ठगीको आरोपमा दार्चुलाका ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेका छन्।

टीकापुर–१ की एक महिलालाई साढे तीन करोड कर्जा पास गरिदिने भन्दै १० लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनलाई ठगी धन्धामा सघाउने डोटी आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सन्जा कुमारी कठायत पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई डोटीबाट पक्राउ गरिएको हो। कैलाली प्रहरी प्रवक्ता प्रतीक विष्टका अनुसार भट्टको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर बरामद गरिएको छ।

भट्टले आफ्नो आमा बुबाले भूकम्पमा ज्यान गुमाएको र आफू बैंकको शाखा प्रवन्धक हुँ भन्दै विभिन्न व्यक्तिलाई सामाजिक सञ्जाल र फोनबाट ठग्ने गरेको विष्टले जानकारी दिए।

‘कर्जा पास गरिदिन्छु भनेर सुरुमा १० लाख लगिसकेको रहेछ। पछि थप दुई लाख माग गर्दा महिलाले प्रहरीमा उजुरी गरिन्’, विष्टले भने, ‘जागिर लगाइदिने भनेर समेत धेरैलाई ठगेको खुलेको छ।’

भट्ट यसअघि पनि अपहरण तथा चोरी घटनामा कैलाली प्रहरीबाट मुद्दा चली धरौटी तारेखमा छुटेको विष्टले जानकारी दिए।
दुवै जनालाई ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jul 14, 2020| 12:02 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।