सोमबार, असार २९, २०८३

युनाइटेडले तेस्रो स्थानमा उक्लिने माैका गुमायो

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बराबरी खेलेसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

एजेन्सी- इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बराबरी खेलेसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

साउथह्याम्टनविरुद्ध ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा अग्रता गुमाउँदै २–२ गोलको बराबरी भएपछि शीर्ष तीनमा उक्लने मौका गुमेको हो।

खेलको १२ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले रेडमन्डको पास सदुपायोग गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर २० औं एन्थोनी मार्सलको पासको पासलाई मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेट नबित्दै ब्रुनो फर्नान्डेसको पासमा मार्सलले गोल गरेर अग्रता खोसेका थिए। यससँगै पहिलो हाफमा युनाइटेड एक गोलले अघि थियो। तर दोस्रो हाफको अतिरिक्त समयमा लामो समयको अग्रता तोड्दै साउथह्याम्टनले खेल बराबरीमा ल्यायो।

बराबरीका लागि माइकल ओबाफेनीले गोल गरे। बराबरीसँगै युनाइटेडले साउथह्याम्टनसँग अंक बाँड्न बाध्य बन्दा उसको तेस्रो स्थानमा उक्लने सपना अधुरै बन्यो ।

शीर्ष ४ का लागि कडा प्रतिस्पर्धा भइरहेको ईपीएलमा चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले लामो समयदेखि दौडमा थिए। ईपीएलमा अब तीन चरणका खेल बाँकी छन्।

सोमबार रातिको खेलमा बराबरीसँगै म्यान्चेस्टर युनाइटेडको ५९ अंकका साथ पाँचौ स्थानमा छ। समान ५९ अंक रहेको लेस्टर सिटी चौथो स्थानमा छ भने ६० अंकका साथ चेल्सी तेस्रो स्थानमा छ।

ईपीएलमा आज राति १ बजे तेस्रो स्थानको तेल्सीले पुछारको नर्विच सिटीसँग प्रतिस्पधा गर्दै छ।

प्रकाशित: Jul 14, 2020| 08:47 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।