काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पौराणिक पात्र राम र अयोध्याका बारेमा दिएको अभिव्यक्तिको भारतीय सत्ताधारी दल भाजपाले निन्दा गरेको छ।
भाजपाका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीले आस्थाका विषय भगवान रामबारे खेल्न मानिसहरूले कसैलाई नदिने बताएका हुन्।
प्रवक्ता शास्त्रीको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ, 'भगवान राम आस्थाका विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही।'
