मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरु चराउन गएका ७२ वर्षीय वृद्धाको पहिरोले पुरिएर मृत्यु

गोरु चराउन गएका ७२ वर्षीय वृद्धाको पहिरोले पुरिएर मृत्यु

बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

बाजुरा- बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

बूढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए ।

सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए ।

थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ । रासस

प्रकाशित: Jul 14, 2020| 10:36 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।