मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा २४ घन्टामा २८,४९८ कोरोना संक्रमित, ५५३ को मृत्यु

भारतमा २४ घन्टामा २८,४९८ कोरोना संक्रमित, ५५३ को मृत्यु

 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

भारतमा पछिल्लो २४ घन्टामा २८ हजार ४९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यससँगै त्यहाँ कोरोना संक्रमितको कूल संख्या ९ लाख ६ हजार ७५२ पुगेको छ। यीमध्ये तीन लाख ११ हजार ५६५ सक्रिय संक्रमित छन्। यस्तै, पाँच लाख ७१ हजार ४६० निको भएको श्रेणीमा छन्। भारतमा निको हुने दर ६३.०२ प्रतिशत छ।

पछिल्लो २४ घन्टामा भारतमा ५५३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोना भाइरस संक्रमित भएर ज्यान गुमाउनेको संख्या २३ हजार ७२७ पुगेको छ।

बीबीसी

प्रकाशित: Jul 14, 2020| 11:28 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।