युएई गएपछिको पहिलो हप्तामा खेलाडी र खेल अधिकारी दुवैले एक अर्कालाई भेट्न पाउने छैनन्। तर उनीहरुको कोरोना टेस्ट नकारात्मक आएपछि भने भेटघाटमा प्रतिबन्ध लगाइएको छैन।
डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा भ्याक्सिनको सूची राखेको छ। रुसले अक्टोबरदेखि उत्पादन गर्ने भनिएको भ्याक्सिन भने अझैसम्म प्रि–क्लिनिकल स्टेजमै छ।
जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि निश्चित क्षेत्र लकडाउन गर्नेदेखि आवश्यक परे २१ दिनसम्म कर्फ्यु लगाउनेसम्मको सुझाव दिएका छन्।