मंगलबार, साउन १२, २०८३

बेरुत विस्फोटमा ७० जनाको मृत्यु, २७ सय घाइते

विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ।

त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने २७ सय घाइते भएका छन्। प्रधानमन्त्री हसन दिआबले आज बुधबारका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन्।

अधिकारीहरुका अनुसार विस्फोटक पदार्थले भरिएको ठूलो गोदाममा विस्फोट भएको हो। गोदाममा २७ सय ५० टन विस्फोटक पदार्थ भएको बताइएको छ।

घटनास्थलमा रहेका बीबीसीका एक पत्रकारका अनुसार शव जताततै छरिएका थिए, मानिसहरु चिच्याइरहेका थिए।

आसपासका सबै भवन पनि ध्वस्त भएका छन्। विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।

प्रकाशित: Aug 05, 2020| 05:40 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।