काठमाडौं- स्रोत नखुलेको १६ लाख रुपैयाँसहित कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वडा नम्बर ४ बाट सोही गाउँपालिकाका ३८ वर्षीय विनोद सोनारलाई सशस्त्र प्रहरीको टोलीले मंगलबार पक्राउ गरेको हो।
भारतबाट नेपाल आउँदै गरेका सोनारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।