काठमाडाैं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या एक हजार २६९ पुगेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार मात्र प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
आज थपिएकामा सबैभन्दा बढी काठमाडौंका ४८ जना छन्। यस्तै भक्तपुरका १३, नुवाकोटका दुई, मकवानपुरका दुई तथा ललितपुर र चितवनका एकएक जना छन्।
प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५४३ पुगेको छ। यो प्रदेशको कुल संक्रमितको ४२.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै ७१६ जनाको उपचार भइरहेको छ। यो प्रदेशमा संक्रमितको ५६.४ प्रतिशत हो।
संक्रमितको जिल्लागत विवरण
काठमाडौं : ५४२
ललितपुर : १०८
भक्तपुर : ७६
रसुवा : १२
नुवाकोट : ४४
धादिङ : १४१
चितवन : १२६
सिन्धुली : २५
मकवानपुर : ४९
रामेछाप : ३८
दोलखा : १२
काभ्रे : २३
सिन्धुपाल्चोक : ७३