बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मरेको मान्छे बचाउँछु भन्दै पास्टरले घरभित्रै शव राखेको भेटियो

मरेको मान्छे बचाउँछु भन्दै पास्टरले घरभित्रै शव राखेको भेटियो

कैलालीको टीकापुरमा एक जना क्रिश्चियन गुरु (पास्टर)ले मरेको मानिसलाई जिउँदो बनाउँछु भन्दै केही दिनदेखि घरभित्रै शव राखेको खुलेको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- कैलालीको टीकापुरमा एक जना इसाई धर्मगुरु (पास्टर) ले मरेको मानिसलाई ब्युझाउँछु भन्दै केही दिनदेखि घरभित्रै शव राखेको खुलेको छ।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ शक्तिनगर मुक्त कमैया शिविरका पास्टर दीपक चौधरीले ४३ वर्षीय मोतीराम डगौराको शव घरभित्रै राखेका हुन्। ।

छिमेकीले लास गन्हाएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए।

एक हप्ताभित्र जिउँदो बनाउँछु भन्दै पास्टरले शव घरभित्रै राखेको मृतकका छोरा ईश्वर डगौराले प्रहरीसमक्ष बताएका छन्।

“मोतीराम बिरामी भएपछि एक हप्ताअघि दीपकको घरमा लगिएको रहेछ,” डीएसपी न्यौपानेले भने, “गनाइसक्दा पनि बचाउँछु भनेर शव घरभित्रै राखेको भेटियो, कतिसम्म अन्धविश्वास रहेछ?”

शवको अवस्था हेर्दा शनिबार राति वा आइतबार बिहान मृत्यु भइसकेको न्यौपानेको अनुमान छ।

शव परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएकाे छ। घटनाबारे सोधपुछ गर्न पास्टर, मृतकका छोरासहित चार जनालाई नियन्त्रणमा लिइएको न्याैपानेले बताए। 

प्रकाशित: Aug 04, 2020| 18:27 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।