सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको कोरोना गाइडलाइन : बायो–बबलमा प्रशिक्षण, बाहिरी भेटघाटमा प्रतिबन्ध

आईपीएलको कोरोना गाइडलाइन : बायो–बबलमा प्रशिक्षण, बाहिरी भेटघाटमा प्रतिबन्ध

युएई गएपछिको पहिलो हप्तामा खेलाडी र खेल अधिकारी दुवैले एक अर्कालाई भेट्न पाउने छैनन्। तर उनीहरुको कोरोना टेस्ट नकारात्मक आएपछि भने भेटघाटमा प्रतिबन्ध लगाइएको छैन।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

नयाँ दिल्ली– इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्न यूएई जाने खेलाडी र स्टाफको अभ्यास सुरु हुनुपूर्व पाँच पटकको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आउनुपर्ने भएको छ।

साथै प्रतियोगिताको समयमा पनि प्रत्येक पाँच दिनमा एकपटक कोरोना परीक्षण गर्नुपर्ने इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ।

बीसीसीआईका एक अधिकारीले प्रेस ट्रस्ट अफ इन्डियासँग भने, ‘सबै खेलाडी, समर्थक र स्टाफले आ–आफ्ना भारतीय टिमबाट क्वारेन्टिनमा जानुभन्दा ७ दिनअघि २४ घण्टाभित्र अनिवार्य दुई पीसीआर टेस्ट गराउनु पर्नेछ।’

यदि कुनै खेलाडीलाई कोरोना देखिएमा १४ दिनको क्वारेन्टिन बस्नुपर्ने छ। क्वारेन्टिनपछि २४ घण्टाभित्र अनिवार्य दुईवटा कोरोना टेस्ट गरिनेछ। नकारात्मक रिपोर्ट आएमा मात्र खेलाडी वा अफिसियल यूएई प्रस्थान गर्न योग्य हुनेछ।

‘यूएई प्रस्थानपछि र अभ्यास सुरु हुनुअघिको एक हप्ते क्वारेन्टिनमा खेलाडी र स्टाफको कम्तीमा पनि तीन टेस्ट नकारात्मक आउनुपर्ने छ। त्यसपछि उनीहरुले बायो–बबल (कोरोनाबाट सुरक्षित गरिएको ठाउँ) मा प्रवेश पाउनेछन् र प्रशिक्षणको अनुमति पाउनेछन्,’ बीसीसीआईका अधिकारीले भने, ‘टिमको प्रतिकृयाको आधारमा यो नियममा केही परिवर्तन हुन सक्नेछ तर त्यसमा हेलचेक्रयाइँ हुने छैन।’

युएई गएपछिको पहिलो हप्तामा खेलाडी र खेल अधिकारी दुवैले एक अर्कालाई भेट्न पाउने छैनन्। तर उनीहरुको कोरोना टेस्ट नकारात्मक आएपछि भने भेटघाटमा प्रतिबन्ध लगाइएको छैन।

तीन नकारात्मक टेस्टपछि उनीहरु बायो–सेक्योर बबलमा प्रशिक्षण सुरु गर्न पाउने छन्।

त्यस्तै सिधै यूएई जाने विदेशी खेलाडीको हकमा पनि गाइडलाइन सार्वजनिक गरिएको छ। त्यस अन्तर्गत उनीहरुको यूएई जानुपूर्व दुई कोरोनाको टेस्टमा नकारात्मक रिजल्ट आउनुपर्ने छ। यदि रिजल्ट पोजेटिभ आए उनीहरुले पनि स्वदेशमै १४ दिन क्वारेन्टिनमा रहनुपर्ने छ। र, अन्तिममा दुई नकारात्मक टेस्ट गरेपछि मात्र यूएई जान पाउनेछन्।

यूएई पुगेको पहिलो, तेस्रो र छैटौं दिन (क्वारेन्टिनमा रहँदै) कोरोना टेस्ट गरिनेछ भने त्यसपछि ५३ दिनको समयमा प्रत्येक पाँच दिनमा कोरोनाको जाँच हुनेछ।

यसबाहेक टिमले अतिरिक्त टेस्ट गराउन चाहेमा गर्नसक्ने बीसीसीआईले छुट दिएको छ। जुन यूएईको सरकारी मान्यता अनुरुप हुनुपर्ने छ।

त्यस्तै बीसीसीआईले भारतबाट अगस्ट २० तारिखअघि युएई नजान पनि सबै क्लबलाई अनुरोध गरेको छ। यसो गर्दा कोरोनाको जोखिम कम गर्नका लागि सबै प्रकृया पूरा गर्न सहज हुने बीसीसीआईले बताएको छ।

खेलाडीले परिवार लैजान पाउने

यदि क्लबले लैजान चाहेमा भारतीय खेलाडीले श्रीमतीलगायत परिवारलाई यूएई लिएर जान पाउने छन्। तर उनीहरुले पनि खेलाडीले जस्तै नियमको पालना गर्नुपर्ने छ।

साथै परिवारले तोकिएको ठाउँभन्दा बाहिर गएर कसैसँग भेट्न पाउने छैनन्। यदि कसैले सो नियम नमानेको पाइएमा ७ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने छ।

आईपीएलमा रहेका सबै टिममा २४ जना खेलाडी रहने छन्। प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ। जसमा चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल, किंग्स इलेवेन पञ्जाव, कोल्कट्टा नाइट राइडर्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर बेङ्लोर र सनराइजर्स हैदराबाद छन्।

१३ औं संस्करणको आईपीएल आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म युएईमा हुँदैछ। यसअघि सन् २०१४ को आईपीएलमा पनि पहिलो चरणका खेल युएईमा गरिएको थियो।

प्रकाशित: Aug 05, 2020| 06:50 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।