बुधबार, चैत ११, २०८२

क्लिनिकल ट्रायल नै नगरी कोरोना भ्याक्सिन उत्पादनको तयारीमा रुस

डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा भ्याक्सिनको सूची राखेको छ। रुसले अक्टोबरदेखि उत्पादन गर्ने भनिएको भ्याक्सिन भने अझैसम्म प्रि–क्लिनिकल स्टेजमै छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रुसले बनाएको कोरोना भ्याक्सिनप्रति शंका व्यक्त गरेको छ। आगामी अक्टोबरदेखि कोरोनाको भ्याक्सिन उत्पादन गर्ने तयारीमा छ, रुस।

National life

भ्याक्सिन उत्पादनका लागि कैयौं गाइडलाइन तयार गरिएको डब्लुएचओले बताएको छ। डब्लुएचओका प्रवक्ता क्रिश्टियन लिन्डमियरले भ्याक्सिनको तेस्रो चरण पूरा नगरी उत्पादनको लाइसेन्स दिँदा खतरनाक हुने बताएका छन्।

रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबरदेखि कोरोनाविरुद्ध भ्याक्सिन उत्पादन गर्ने बताएका थिए। सुरुमा डाक्टर र शिक्षकहरुलाई भ्याक्सिन लगाइने उनको भनाइ थियो। उत्पादनसँगै क्लिनिकल ट्रायल पनि जारी रहने उनले बताएका थिए।

डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा भ्याक्सिनको सूची राखेको छ। रुसले अक्टोबरदेखि उत्पादन गर्ने भनिएको भ्याक्सिन भने अझैसम्म प्रि–क्लिनिकल स्टेजमै छ।

प्रकाशित: Aug 05, 2020| 06:13 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्