बुधबार, भदौ १०, २०८३

सुर्खेतमा तीज र जन्माष्टमी पर्वमा रोक

सुर्खेतमा कृष्ण जन्माष्टमी र तीज पर्वमा रोक लगाइने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै जन्माष्टमी र तीज पर्वमा रोक लगाइएको हो।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

सुर्खेत- सुर्खेतमा कृष्ण जन्माष्टमी र तीज पर्वमा रोक लगाइने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै जन्माष्टमी र तीज पर्वमा रोक लगाइएको हो।

जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। हरेक वर्ष वीरेन्द्रनगरको खुलामञ्चमा तीज प्रतियोगिता हुँदै आएको छ। त्यस्तै, कृष्ण जन्माष्टमीको अवसरमा पनि वीरेन्द्रनगर बजारमा लाखे नाच र कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ।

कोरोना नियन्त्रणका लागि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रममा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ।

प्रकाशित: Aug 04, 2020| 21:09 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।