बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजस्व अनुसन्धान बुटवलका प्रमुख पक्राउ, सुर्ती व्यापारीसँग दुई लाख घुस लिएको आरोप

राजस्व अनुसन्धान बुटवलका प्रमुख पक्राउ, सुर्ती व्यापारीसँग दुई लाख घुस लिएको आरोप

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई सुर्ती व्यापारीसँग घुस लिंंदै गर्दा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

भैरहवा– राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई सुर्ती व्यापारीसँग घुस लिंंदै गर्दा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।

रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुटवल–१३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए।

हाल रानालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए। भुसालका अनुसार रकम दिने व्यवसायी अनिलकुमार झालाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। रकम दिने झा सुर्ती, गुट्खा व्यवसायी हुन् ।

अख्तियारले रानाले झाबाट मासिक रुपमा घुस लिने गरेको दाबी गरेको छ।

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कामको जिम्मेवारी पाएको बुटवल कार्यालयका प्रमुख नै घुससहित पक्राउ परेको यो पहिलोपटक हो।

 

प्रकाशित: Aug 04, 2020| 18:24 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।