बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश : बाढीपीडितलाई छिटो राहत उपलब्ध गराउन सुझाव

गण्डकी प्रदेश : बाढीपीडितलाई छिटो राहत उपलब्ध गराउन सुझाव

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिरो पीडितलाई जतिसक्दो छिटो राहत व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

पाेखरा- गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिरो पीडितलाई जतिसक्दो छिटो राहत व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएको छ।

समितिले गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई यस्तो सुझाव दिएको हो।

समितिका सभापति दीपक कोइराला प्रदेशलाई आत्मनिर्भर प्रदेशका रुपमा विकास गर्ने लक्ष्यअनुरुप बाढीपहिरोले पुर्याएको क्षतिको निर्क्याेल गरी अविलम्ब व्यवस्थापन गर्नुपर्ने मन्त्रालयलाई सुझाव दिए।

उत्पादनसँग प्रत्यक्ष जोडिएको सिंचाई तत्काल बनाउन सकिने अवस्था भए काम अगाडि बढाउनुपर्ने उनको सुझाव थियो। सडक क्षतिले सबै क्षेत्रलाई प्रत्यक्ष असर पार्ने भएकाले सरकारले यसलाई विपत्तीमा राख्नुपर्ने उनको धारणा थियो।

मन्त्री थापा मगरले बाढीपहिरोले विवरण संकलनका लागि सबै जिल्लामा निर्देशन दिइएको बताए। उनले न्यूनतम क्षतिपूर्तिको व्यवस्थापन गर्नतर्फ लागिएको जानकारी दिए।

उनले भने, ‘किसानको समस्या तत्कालै समाधान गरौं भन्ने हाम्रो उद्देश्य हो। सबै क्षेत्रको जिम्मा हामीलाई नभएकाले समन्वय गरेर अन्य क्षेत्रमा पनि अगाडि बढ्नेछौं।’

छलफलमा समितिका सदस्य दोबाटे विश्वकर्मा, भागवत प्रकाश मल्ल, सरिता गुरुङ र रामबहादुर गुरुङले विपत्तिका बेला अविलम्ब राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

भूमि व्यवस्था कृषि तथा सहकारीका निमित्त सचिव गंगालाल पोखरेलले बाढीपहिरोले आजसम्म ८ करोड ९० लाखको अनुमानित क्षति भएको जानकारी दिए। सबैभन्दा बढी क्षति तनहुँमा भएको छ।

प्रकाशित: Aug 04, 2020| 18:35 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।