काठमाडौं- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितबाट निकाे हुनेको संख्या एक हजार ३५२ पुगेको छ।
प्रदेशमा मंगलबारसम्म कोरोना संक्रमण हुनेको संख्या एक हजार ५४३ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।
उनका अनुसार केही बेरअघि स्याङ्जाका आठ जनामा कोरोना भाइरस संक्रमण भएको छ।