अहिले बिहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।
तीन शृंखलाको टी-२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले पाकिस्तानसँग १-१ को बराबरी खेलेको छ। तेस्रो खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डलाई हराउँदै टि-२० सिरिज बराबरी गरेको हो।
नेपाली बलर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा चौथो हार बेहोरेको छ। मंगलबार राति सम्पन्न खेलमा तल्लावाज शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १६ रनले पराजित भएको हो।