बुधबार, चैत ११, २०८२

कोरोना भ्याक्सिनका लागि अझै कति समय पर्खनु पर्छ?

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन बनाउने कोशिसमा दिनरात लागिरहेका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

एजेन्सी-  रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइसकेको दाबी गरेको छ। रुसले यो भ्याक्सिनलाई स्पुतनिक ५ नाम दिएको छ।

National life

सोभियत रुसले सन् १९५७ मा विश्वको पहिलो अन्तरिक्ष यान बनाएको थियो र त्यसको नाम स्पुतनिक राखेको थियो।

भ्याक्सिनको नाम पनि स्पुतनिक राखेर रुस अन्तरिक्षको दौडमा जसरी अमेरिकाभन्दा अघि भएको थियो त्यसैगरी अहिले भ्याक्सिन निर्माणको दौडमा पनि आफू अघि भएको देखाउन चाहन्छ।

तर भ्याक्सिनबारे रुसको दाबीप्रति बैज्ञानिकहरु आश्वस्त छैनन् । यो भ्यक्सिन रुसले करिब ७६ मानिसहरुमा परीक्षण गरेको बीबीसीले उल्लेख गरेको छ। जबकि परीक्षणको तेस्रो चरण अझै बाँकी छ जसमा हजारौंलाई यो भ्याक्सिन दिएर परीक्षण गर्नुपर्छ।

रुसले आफ्नो देशमा यो भ्याक्सिन ब्यापक प्रयोगमा ल्याउला तर विश्वका अन्य देशहरु यो भ्याक्सिनप्रति आश्वस्त हुन सकेका छैनन् । न त विश्व स्वास्थ्य संगठनले नै यसलाई मान्यता दिएको छ।

Laxmi sunrise bank
kumari

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन बनाउने कोशिसमा दिनरात लागिरहेका छन्।

चाँडै बनाउनुपर्ने दबाव

कोरोना भाइरसको पहिलो भ्याक्सिन कहिलेसम्म बन्ला त ? यो प्रश्नमा कोलम्बिया विश्वविद्यालयकी भायरोलजिस्ट एन्जेला रेसमसन भन्छिन्, ‘चाँडै बने पनि सन् २०२० को अन्त्य वा सन् २०२१ को सुरुका केही महिनासम्म बन्ला, त्यसअघि हुँदैन।’

कोरोना महामारीलाई नियन्त्रणमा लिन विश्वका १०० भन्दा धेरै ठू्ल्ठूला अनुसन्धान संस्था र औषधि कम्पनीहरुले काम गरिरहेका छन्।

चीनका तीन, अमेरिकाका दुई र बेलायतको एउटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

एन्जेला रेसमसनका अनुसार, ‘यी भ्याक्सिन बनाउन तीन थरी बेग्लाबेग्लै तरिका उपयोग भइरहेको छ। तर सबैले पहिले इम्युन सिस्टममा कोरोना भाइरस पत्ता लगाउँछन् र त्यसपछि एन्टी बडिज तयार पार्छन्।’

बेलायतमा अक्सफोर्ड युनिभर्सिटी र ग्लोबल ड्रग्स फर्म– एस्टरजेनेका मिलेर जुन भ्याक्सिन बनाउँदैछन् त्यसमा कोरोना भाइरससँग मिल्दोजुल्दो भाइरसको उपयोग भइरहेको छ।

त्यस्तै, अमेरिकी औषधि कम्पनी मोडर्नाले एम आरएनए भ्याक्सिनमा काम गरिरहेको छ जसमा जेनेटिक सामाग्रीको मद्दतबाट स्पाइक प्रोटिन तयार पारिन्छ।

अर्को विधिमा भाइरसकै प्रयोगबाट भ्याक्सिन बनाइन्छ। यो विधिबाट चीनको सायनोभेक बायोटेकले कोरोनाविरुद्धको भ्याक्सिन तयार पार्दैछ।

यी सबै भ्याक्सिनको सुरक्षा र इम्यून रेस्पोन्स थाहा पाउनका लागि अमेक्षाकृत कम मानिसहरुमा परीक्षण भइसकेको छ र तेस्रो चरणको परीक्षण भइरहेको छ।

एन्जेला रेसमसन भन्छिन, ‘तेस्रो चरणको परीक्षणमा हजारौं मानिसहरुमा भ्याक्सिन दिइन्छ। यही बेला हो सामान्य जीवनमा मानिसहरु भाइरसको सम्पर्कमा आए भने उनीहरु कति सुरक्षित हुन सक्छन् भनेर परीक्षण गरिने। भ्याक्सिन दिइएका र नदिइएका हजारौंं मानिसहरुको स्वास्थ्य अवस्थाको तुलना गरिन्छ । यदि कोही पनि विरामी भएनन् भने भ्याक्सिनले आफ्नो काम गरेको निस्कर्षमा पुगिन्छ।’

अहिले भ्याक्सिनको तेस्रो चरणको परीक्षण संक्रमित अत्यधिक भएका ब्राजिल, भारतजस्ता देशहरुमा भइरहेको छ।

माग कसरी धान्ने

प्रयोगशालामा भ्याक्सिन बनाउनु एउटा कुरा तर, करोडौ मानिसहरुका लागि ठूलो परिमाणमा भ्याक्सिन तयार पार्न सजिलो हुँदैन।

आखिर विश्वभरका लागि ठूलो परिमाणमा भ्याक्सिन उत्पादन र वितरण कसरी होला त? ‘अहिलेसम्म कसैले पनि यती ठूलो परिमाणमा र कम समयमा भ्याक्सिन बनाएको छैन। सामान्य अवस्थामा भ्याक्सिन उत्पादनको लाइसेन्स प्राप्त भएपछिमात्र भ्याक्सिन उत्पादन थालिन्छ । तर, अहिले भ्याक्सिनको सफल परीक्षण नहुँदै उत्पादनका लागि अर्बौ रुपैयाँ लगानी भइरहेको छ,’ अमेरिकामा येल इन्स्टिच्यूट अफ ग्लोबल हेल्थका निर्देशक साद उमर भन्छन्।

बेलायत चीन जस्ता ठाउँमा भ्याक्सिनको उत्पादनका लागि नयाँ कारखाना र भण्डारणका लागि नयाँ पूर्वाधारहरु धमाधम बनिरहेका छन्। तर, सफल भ्याक्सिन निर्माणका लागि अझै ५–६ महिना पर्खनुपर्छ।

भ्याक्सिन बनिहाले पनि त्यसले अरु भ्याक्सिन जस्तो जीवनभरका लागि काम गर्छ कि गर्दैन अहिल्यै भन्न गाह्रो छ। त्यसैले मास्क लगाउने, साबुन पानीले हात धोइरहने र आपसी दूरी कायम गर्ने बानीलाई अहिलेका लागि आफ्नो जीवन पद्दती बनाउनुको विकल्प छैन।

प्रकाशित: Sep 02, 2020| 11:45 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्