आइतबार, चैत ८, २०८२

बार्सिलोनाका मिडफिल्डर राकिटिक सेभियामा अनुबन्ध

स्पेनिस क्लब सेभियाले क्रोएसियाका मिडफिल्डर इभान राकिटिकलाई क्लबमा फर्काएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– स्पेनिस क्लब सेभियाले क्रोएसियाका मिडफिल्डर इभान राकिटिकलाई क्लबमा फर्काएको छ।

National life

बार्सिलोनमा ६ सिजन बिताएका राकिटिकलाई सेभियाले पुनः क्लबमा अनुबन्ध गरेको हो।

युरोपा लिग विजेता बनेको केही समयमै सेभियाले ३२ वर्षे मिडफिल्डरलाई चार वर्षको लागि अनुबन्ध गरेका जानकारी दिएको छ। सेभियामा उनको सम्झौता २०२४ को ३० जुनसम्म रहने छ।

सन् २०११ पछि सेभियामा तीन सिजन बिताएका कप्तान राकिटिक २०१४ मा युरोपा लिगको विजेता बन्दै स्पेनिस जायन्ट बार्सिलोना गएका थिए।

सेभियामा पहिलोपटक अनुबन्ध हुनुअघि उनले साल्के र फुटबल क्लब बसेलबाट समेत खेलेका थिए।

Laxmi sunrise bank
kumari

राकिटिकले बार्सिलोनाको ६ वर्षे यात्रामा चार ला–लिगा र च्याम्पियन्स लिग उपाधिसहित १३ ट्रफी जितेका छन्। उनलाई सेभिया पठाउँदै बार्सिलोनाले साढे एक मिलियन तत्कालै र भेरियबलमा ९ मिलियन पाउने गरी १०.५ मिलियन यूरोमा विक्री गरेको बताइएको छ।

बार्सिलोनाको ठूलो स्क्वाडमा नयाँ र उमेरसमूहका खेलाडी अनुबन्ध गर्नका लागि धेरै उमेर भएका खेलाडीको विक्री गरिरहेको छ।

प्रकाशित: Sep 02, 2020| 11:18 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।