शुक्रबार, भदौ १२, २०८३

बारामा कोरोना संक्रमित एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

पर्सा- कोरोना भाइरस संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ। सिमरौनगढ नगरपालिका ९ बाराका ९७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

उनलाई भदौ १२ गते तराई हस्पिटलमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइतबार गण्डक हस्पिटलमा भर्ना गरी थप उपचार गरिएको थियो।

उपचारमा संलग्न चिकित्सक डा. निरज सिंहका अनुसार मुटुरोगी ती वृद्धको शरीरमा सोडियमको मात्रा कम थियो भने निमोनियाका लक्षणसमेत थियो।
योसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। बारामा नौ सय १७ जनामा कोरोना संक्रमण भएको छ।

प्रकाशित: Sep 02, 2020| 07:51 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।