शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पिसिआरको नेगेटिभ रिपोर्ट नदेखाए कर्णालीमा प्रवेश निषेध

पिसिआरको नेगेटिभ रिपोर्ट नदेखाए कर्णालीमा प्रवेश निषेध

कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

कर्णाली- कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जो कोही व्यक्तिले पिसिआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

त्यसैगरी बैठकले संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्डअनुसार कार्यान्वयन गर्ने गराउने, भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागु गर्ने, संक्रमित स्थानलाई कोभिड १९ को प्रोटोकलअनुसार स्थानीय तहसँग समन्वय र सहकार्य गरी स्थानीय प्रशासनले सिल गर्ने कार्य प्रचलित कानूनअनुसार गराउने, कोरोनाका लक्षण देखिएकालाई अनिवार्य पिसिआर टेष्ट गराउने र कन्ट्याक्ट टे«सिङका आधारमा क्वारेटिन/आइसोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीले बताइन्।

कोरोना संक्रमितलाई सामाजिक विकास मन्त्रालयले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने तथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेश गर्ने र सोका लागि प्रभावकारी तयारी गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्री केसीका अनुसार प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टिनमा खाना खुवाउनका लागि हाल आवश्यक पर्ने बजेट रु ७५ लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको छ ।

प्रकाशित: Sep 02, 2020| 05:30 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।