शुक्रबार, भदौ १२, २०८३

काठमाडौं उपत्यकामा थप ७ दिन निषेध आदेश थप्ने तयारी

कोरोनाको संक्रमण झनै बढेको निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सात दिन निषेध आदेश थप्ने तयारी गरेका हुन् ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा थप एक साता निषेध आदेश थप्ने तयारी भएको छ ।

कोरोनाको संक्रमण झनै बढेको निष्कर्षसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सात दिन निषेध आदेश थप्ने तयारी गरेका हुन् ।

मंगलबार तीन जिल्लाका सिडियोबीच भर्चुअल बैठक भएको थियो । बैठकमा जनस्वास्थ्य विद्, स्थानीय जनप्रतिनिधि र ब्यापारी व्यवसायीहरुले दिएको सुझावका विषयमा छलफल भएको थियो । छलफलमा थप सात दिन निषेध आदेश थप्ने सहमति भएको स्रोतले बताएको छ ।

उक्त सहमतिका विषयमा आज गृह मन्त्रालयलसँग थप छलफल गरेर निर्णय गर्ने तयारी भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

उद्योग तथा व्यापार व्यवसायीले निषेध आदेश खुकुलो पार्नुपर्ने माग गरेका छन्। स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेध आदेश कडा गर्नुपर्ने सुझाव दिएका छन्।

भदौ ३ गतेबाट सुरु भएको निषेध आदेश दोस्रो पटक थप गर्दै भदौ १७ गतेसम्म पुर्याइएको थियो । आज पुनः ७ दिन थप भए निषेध आदेश २१ दिन लामो हुनेछ ।

प्रकाशित: Sep 02, 2020| 09:07 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।