सोमबार, असार २९, २०८३

टी-२० सिरिजमा इंग्ल्यान्ड र पाकिस्तनको बराबरी

तीन शृंखलाको टी-२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले पाकिस्तानसँग १-१ को बराबरी खेलेको छ। तेस्रो खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डलाई हराउँदै टि-२० सिरिज बराबरी गरेको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

तीन शृंखलाको टी-२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले पाकिस्तानसँग १-१ को बराबरी खेलेको छ। तेस्रो खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डलाई हराउँदै टि-२० सिरिज बराबरी गरेको हो।

प्रतिकुल मौसमका कारण पहिलो खेल प्रभावित भए तापनि दोस्रो खेलमा इंग्ल्यान्डले ५ विकेटको जित हात पारेको थियो। तर अन्तिम खेलमा भने पाकिस्तानले ५ रनको जित निकाल्यो।

मंगलबार राति म्यानचेस्टरमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९० रन बनायो। १९१ रनको लक्ष्य पाएको इंग्ल्यान्ड सम्पूर्ण २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनमा समेटिएपछि पाकिस्तानले जित निकालेको हो।

पाकिस्तानको जितका लागि मोहम्मद हाफिजले अविजित ८६ रन बनाए भने हैदर अलिले ५४ रनको योगदान दिए। त्यस्तै इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।

जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका लागि मोइन अलीले ६१ रनको अर्धसतकिय पारी खेले भने टोम बान्टोनले ४६ रन बनाए। पाकिस्तानका सहिन अप्रिदी र वाहेब रियाजले समान २÷२ विकेट लिए।

प्रकाशित: Sep 02, 2020| 06:37 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।