सोमबार, असार २९, २०८३

सन्दीप सम्मिलित जमैका तल्लावाजको अर्को हार

नेपाली बलर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा चौथो हार बेहोरेको छ। मंगलबार राति सम्पन्न खेलमा तल्लावाज शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १६ रनले पराजित भएको हो।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

ट्रिनिडाड एण्ड टोबागो– नेपाली बलर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा चौथो हार बेहोरेको छ। मंगलबार राति सम्पन्न खेलमा तल्लावाज शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो।

पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको ट्रिनबागोले सम्पूर्ण ओभर खेलेर ४ विकेटको क्षतिमा १६४ रन बनायो। १६५ रनको लक्ष्य पछ्याएको तल्लावाज निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ मा समेटिएपछि उसले चौथो हार बेहोर्यो।

टस जितेर फिल्डिङ राजेको तल्लावाजका लागि नेपाली स्पिनर सन्दीपले ४ ओभर बलिङ गर्दै एक विकेट लिए भने कार्लोस ब्रेथवेटले २ विकेट लिए।

यता ब्याटिङ सम्हालेको ट्रिनबागोका कोलिन मुन्द्रोले १० चौका र एक छक्कासहित ६५ रन जोडे। साथै कप्तान टिम सेइफेर्टले अविजित ३३ रन बनाए, सुनिल नरिनले २९ रन बनाए भने लेन्डल सिम्मोन्सले २५ रनको योगदान दिए।

जवाफी ब्याटिङमा आएको तल्लावाजका आन्द्रे रुसेलले अविजित ५० रन बनाए भने ग्लेन फिलिप्सले ४१ रन बनाउँदा नक्रुमह बोन्नरले २६ रनको योगदान दिए। ट्रिनबागोका फवाल अहमदले २ विकेट लिए भने अकेल होसेँ, खरी पिएरा, नरिन र ड्बेन ब्राभोले समान १–१ विकेट लिए।

तल्लावाज सीपीएलमा ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ। समान ६ अंक बनाएको गुयना अमेजन रन रेटका आधारमा माथि छ भने ट्रिनबागो र सेन्ट लुसिया क्रमशः १४ र १० अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन्।

ट्रिनबागो नाइट राइडर्स सबै खेलमा अपराजित छ।

प्रकाशित: Sep 02, 2020| 06:24 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।