शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विजय मिश्र भन्छन्– भागेको होइन, रेकर्डिङ डिभाइस लिन जापान गएको हुँ

विजय मिश्र भन्छन्– भागेको होइन, रेकर्डिङ डिभाइस लिन जापान गएको हुँ

बाँस्कोटाको मुद्दा कमजोर पार्न मिश्र भागेको भन्ने समाचार बाहिरिएपछि उनले त्यसको खण्डन गरेका हुन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफू भागेको नभएर रेकर्डिङ डिभाइस लिन जापान पुगेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्र उपस्थित हुन सूचना प्रकाशित गरेकै दिन आज विज्ञप्ति जारी गरेर मिश्रले आफू मुद्दाबाट भागेको नभएर कामले नै जापान गएको दाबी गरेका हुन्।

बाँस्कोटाको मुद्दा कमजोर पार्न मिश्र भागेको भन्ने समाचार बाहिरिएपछि उनले त्यसको खण्डन गरेका हुन्।

‘पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ । मेरो नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भन्ने समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथि विश्वास नगर्नु हो,’ विज्ञप्तिमा भनेका छन्।

७० करोड घुस काण्डमा जोडिएका विजय मिश्रलाई अख्तियारको ७ दिने म्याद

कोही पनि भ्रष्टाचार गर्ने व्यक्ति कानुनबाट उम्किन नसक्ने उनले बताएका छन्। ‘कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण, भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन। र, प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जालमार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको चरित्र हो,’ उनले भनेका छन्।

साथै उनले मुद्दा कमजोर पार्न नदिनेसमेत बताएका छन्। ‘म कसैको दबाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति होइन। एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थााहा छ। साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिरार्ई आफ्नो कर्तव्य पालना गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु’, मिश्रले भनेका छन्।

७० करोड कमिसन काण्डमा बयान दिनुपर्ने मिश्र विदेशमा रहेको भन्दै अख्तियारले उक्त मुद्दा तामेलीमा राख्ने तयारी गरेको बुझिएको छ।

प्रेस खरिद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए।

 

प्रकाशित: Sep 02, 2020| 11:44 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।