सोमबार, वैशाख २१, २०८३

बारा र पर्सामा गरी थप ६३ जनामा कोरोना संक्रमण

बारामा ५० र पर्सामा थप १३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, भदौ १७, २०७७

पर्सा- बारामा ५० र पर्सामा थप १३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

National life

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पीसीआर परीक्षणमा थप ६३ जना कोरोना संक्रमित भएका हुन्।

संक्रमित हुनेमा पाँच वर्षदेखि ७० वर्ष उमेरसम्मका यस्तै २८ जना महिला रहेको अस्पतालले जनाएको छ। संक्रमित हुनेमा सबैभन्दा धेरै कलैया उपमहानगरपालिकाका रहेको अस्पतालका प्रवक्ता चिकित्सक डा. अतुलेश चौरसियाले जानकारी दिए।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा ७ जना, वडा नम्बर २ र ४ मा ६/६ जना, वडा नम्बर १ र ७ मा पाँचपाँच जना, त्यसैगरी २० र २२ मा चारचार जना, वडा नम्बर २३ मा तीन जना, वडा नम्बर ३, ६, ८, ९ र २१ मा एकएकजना संक्रमित थपिएका हुन्।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ र ४ मा पाँचपाँचजना, वडा नम्बर ६ मा दुई जना र ५ मा एकजना संक्रमित थपिएका छन्।
त्यसैगरी वीरगन्ज महानगरपालिका ४ मा दुई जना, वडा नम्बर १२, १८ मा एकरएक जना संक्रमित थपिएका छन्।

प्रकाशित: Sep 02, 2020| 08:33 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।