शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा जोर–बिजोर प्रणालीको विरोध, पाँच दिनदेखि सार्वजनिक यातायात ठप्प

सुर्खेतमा जोर–बिजोर प्रणालीको विरोध, पाँच दिनदेखि सार्वजनिक यातायात ठप्प

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। यद्यपि, निजी सवारीसाधन भने भाडामा सञ्चालन भइरहेका छन् ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

सुर्खेत– जोर–बिजोर प्रणाली लागू गरेको विरोधमा सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात अवरुद्ध पारेका छन्। व्यवसायीको विरोधका कारण पाँच दिनदेखि सार्वजनिक ठप्प छ।

पाँच दिनअघि नै वीरेन्द्रनगरमा निषेध आदेश खुले पनि सार्वजनिक यातायात सञ्चालन भएको छैन।

सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। यद्यपि, निजी सवारीसाधन भने भाडामा सञ्चालन भइरहेका छन् । निजी गाडीलाई पास बाँडेर जुनसुकै ठाउँका यात्रु बाक्न पाउने तर कोरोनाको बहानामा सार्वजनिक यातायातलाई जोरबिजोर प्रणाली लागू गरेर अन्याय गरेको व्यवसायीहरुले बताएका छन्।

जोर–बिजोर प्रणाली नहटाएसम्म गाडी नचलाउने यातायात व्यवसायीहरुले अडान लिएका छन्। ‘सामाजिक दूरी कायम गरेर गाडी चलाउन तयार छौं तर सुर्खेतमा जोरबिजोर प्रणाली आवश्यक छैन,’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘जबसम्म जोर–बिजोर प्रणाली हट्दैन, तबसम्म सार्वजनिक गाडी चल्दैनन् ।’ रातो प्लेट भएका गाडीलाई मनपरी रुपले पास बाँड्ने तर सार्वजनिक यातायातलाई जोरबिजोर प्रणाली लागू गरेर व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको उनको आरोप छ ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएको छ। ‘जोर–बिजोर प्रणाली लागू भएकै दिन प्रशासनले वार्तामा बोलाएको थियो, तर व्यवसायीहरु नै छलफलमा आउनु भएन,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले भने।

 

प्रकाशित: Sep 02, 2020| 10:33 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।