शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? युरोपमा फेरि थपिए हजारौं संक्रमित

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? युरोपमा फेरि थपिए हजारौं संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् भने सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । भारतमा ७८ हजार १ सय ६९ जना संक्रमित थपिएका छन् भने १ हजार २५ को मृत्यु भएको छ ।

ब्राजिलमा थप ४१ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । अमेरिकामा ४१ हजार ५ सय ७९ जना संक्रमित थपिदा १ हजार १ सय ३८ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १० हजार ५ सय ४, कोलम्बियामा ८ हजार ९ सय, पेरुमा ५ हजार ९२, रुसमा ४ हजार ७ सय २९, फिलिपिन्समा ३ हजार ४ सय ८३, इराकमा ३ हजार ४ सय ४ जना संक्रमित थपिएका छन् ।

यस्तै मंगलबार एकै दिनमा स्पेनमा ८ हजार १ सय १५, फ्रान्समा ४ हजार ९ सय ८२, बेलायतमा १ हजार २ सय ९५, जर्मनी १ हजार २ सय ९ जना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय स्पेन, फ्रान्स, बेलायत, जर्मनी, इटाली लगायतका युरोपेली मुलुकमा दिनहुँ हजारौंको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् ।

दिनहुँ सयौं ब्यक्तिको कोरोनाकै कारण मृत्यु भइराखेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार युरोपमा कोरोनाको दोस्रो लहर सुरु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट विश्वभर २ करोड ५६ लाख ५० हजारभन्दा धेरै संक्रमित भएका छन् भने ८ लाख ५४ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ। दिनहुँ ५ देखि ६ हजार संक्रमितको मृत्यु हुने गरेको छ ।

प्रकाशित: Sep 02, 2020| 07:17 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।