एजेन्सी– इंग्लिस प्रिमियर लिगका क्लबहरुले अहिले लिग लिगको ‘समयावधि कटौती गरियो भने के हुन्छ’ भन्ने विषयमा छलफल गरिरहेका छन्। आजसम्म भएका छलफलमध्ये यसलाई महत्वपूर्ण मानिएको छ।
निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको छ।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादीविरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन सम्पूर्ण लोकतान्त्रिक पक्षधरहरुलाई आग्रह गरेका छन्।
सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको शंकास्पद मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शकास्पद मृत्यु भएको हो।
लकडाउन उल्लंघन गर्ने क्रम बढेर गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
लकडाउनका कारण भारतबाट नेपाल आइरहेका नेपाली र नेपालबाट भारततर्फ जाने बाटो कुरेर सीमा क्षेत्रमा बसेका भारतीयलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले खाना–नास्ताको व्यवस्था गरिरहेका छन् ।