भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण २४ घण्टामा अहिलेसम्मकै बढी संख्यामा भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार पुगेको छ।
त्यसैगरी २४ घण्टामा २६० जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ६ हजार ७५ पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना भाइरसका १ लाख ६ हजार ७३७ एक्टिभ केस छन्।