सोमबार, भदौ ८, २०८३

जातीय भेदभावविरुद्ध सशक्त आन्दोलन चलाऔं : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादीविरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन सम्पूर्ण लोकतान्त्रिक पक्षधरहरुलाई आग्रह गरेका छन्।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादीविरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन सम्पूर्ण लोकतान्त्रिक पक्षधरहरुलाई आग्रह गरेका छन्।

नेता पौडेलले रुकुम पश्चिममा जनप्रतिनिधिकै संलग्नतामा जातीय भेदभावको समर्थन गर्दै ६ जना युवाको हत्या भएको घटनाविरुद्ध उत्रन आग्रह गरेका हुन्।

पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, 'हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलँकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरी आधा दर्जन बढी होनहार किशोरलाई हत्या गरेर भेरीमा फाल्ने जस्ता जघन्य अपराध भइरहने हो भने परिवर्तन दिशाहीन हुन पुग्छ।'

उनले सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन आग्रह गरेका छन्।

प्रकाशित: Jun 04, 2020| 09:45 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।