सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन उल्लंघन गर्ने क्रम बढेर गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

बैठकले ७३ दिनदेखि जारी लकडाउन खुकुलो बनाउने विषयमा निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए। उनका अनुसार विज्ञहरुको सुझावअनुसार लकडाउन कसरी खुकुलो र व्यस्थित बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श गरेका थिए। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। सो समितिले आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएको छ।

सर्वसाधारण र व्यवसायीले लकडाउन अति लामो भएको भन्दै यसको प्रतिकार गर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गर्ने तयारीमा जुटेको हो ।

प्रकाशित: Jun 04, 2020| 09:01 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।