सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराज्यमन्त्री यादवको नेतृत्वमा सीमा क्षेत्रमा खाना खुवाउने अभियान

पूर्वराज्यमन्त्री यादवको नेतृत्वमा सीमा क्षेत्रमा खाना खुवाउने अभियान

लकडाउनका कारण भारतबाट नेपाल आइरहेका नेपाली र नेपालबाट भारततर्फ जाने बाटो कुरेर सीमा क्षेत्रमा बसेका भारतीयलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले खाना–नास्ताको व्यवस्था गरिरहेका छन् ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

लकडाउनका कारण भारतबाट नेपाल आइरहेका नेपाली र नेपालबाट भारततर्फ जाने बाटो कुरेर सीमा क्षेत्रमा बसेका भारतीयलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले खाना–नास्ताको व्यवस्था गरिरहेका छन् ।

पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले बुधबारदेखि सीमामा रोकिएकाहरुलाई पेटभर खाना खुवाउने अभियान शुरु गरेका छन् ।

नेकपाका नेता समेत रहेका गुलजारीले नेपालबाट भारततर्फ जाने भारतीय र भारतबाट नेपाल तर्फ आउने नेपालीहरुलाई खाना खुवाउन थालेका हुन् ।

उनले भने, ‘हामी सीमा क्षेत्रका नागरिकहरुले सीमामा कोहि पनि समस्यामा नपरुन् भनेर यो अभियान चलाएका हौं । नागरिक भारतीय, नेपाली वा अन्य जुनसुकै देशको भएता पनि हामी जति जना भएपनि पेटभर निःशुल्क खाना खुवाउँछौं । हामी सस्तो लोकप्रियताको लागि एक–दुई दिन गरेर छाड्ने होइन । लकडाउनको अवधिभर यो अभियान चलाउछौं ।’

बुधबारमात्रै एक हजारभन्दा बढीलाई खाना खुवाइएको नेकपा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यले बताए । बुधबारदेखि बेलहियामा सांझ बिहान दाल, भात, तरकारी पकाउने काम शुरु गरिएको छ । उक्त कार्यमा सिनपा १ स्थित नेकपा वडा कमिटी, नगर कमिटी, जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु र बेलहिया स्थित स्थानीय सहयोगी एवं स्वयंसेवक जुटेको नेकपा नेता धर्मराज गिरीले बताए ।

यसअघि सीमामा रोकिएकाहरुलाई प्रदेश सभा सदस्य सन्तोष पाण्डेले खाना खुवाएका थिए । अहिले उनको अभियान बन्द छ ।

यसैगरी मारवाडी युवा मञ्चका अध्यक्ष मनोज अग्रवालको समूहले नास्ताको व्यवस्थापन गरिरहेको छ ।

यसैगरी मायादेवी च्यारिटेबल फाउन्डेसनले पनि सीमामा केही दिन खाना खुवाएको थियो । नेपाल भारत भन्सार एजेन्ट संघ र बुद्धपथको महिला समूहले पनि नास्ता खुवाउन थालेको लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले बताए ।

 

प्रकाशित: Jun 04, 2020| 08:26 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।