सोमबार, भदौ ८, २०८३

क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु

सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको शंकास्पद मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शकास्पद मृत्यु भएको हो।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

सुर्खेत-सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको शंकास्पद मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शकास्पद मृत्यु भएको हो।

वडाध्यक्ष धनबहादुर थापाका अनुसार मृतक युवक १५ दिनअघि भारतबाट फर्किएका थिए।

‘१४ दिन क्वारेन्टिनमा बसेर हिजोमात्रै घर नजिकैको सामुदायिक मौरी फर्मको होम क्वारेन्टिनमा बसालेका थियौं’, वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, कुनै स्वास्थ्य समस्या थिएन, तर राति एक्कासि मृत्यु भएछ।’

मृतकसँगै क्वारेन्टिनमा बसेका साथीको भनाइअनुसार एक्कासि श्वास फर्कन गाह्रो भएको केही घण्टामै उनको मृत्यु भएको थियो।

‘५ जना साथीहरु एउटै क्वारेन्टिनमामा बसेका थिए, खाना खाएर सुतेको २ घण्टापछि एक्कासि स्वाब फेर्न गाह्रो भयो भनेछन्।’

क्वारेन्टिनमा बसेका साथीहरुको भनाइ उधृत गर्दै वडाध्यक्ष थापाले भने, ‘सास फेर्न गाह्रो भयो भनेपछि पारिवारलाई खबर पनि गरेछन्, तर उपचार हुन नपाउँदै मृत्यु भयो।’

रातको करिब राति १२/१ बजेतिर युवकको शंकास्पद मृत्यु भएको हो।  अहिले मृतक युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मी बोलाएको र प्रहरी घटनास्थल पुगेको वडाध्यक्षले जनाए।

कोरोनाको रिपोर्ट नआउँदासम्म दाहसंस्कार नहुने जनाइएको छ। मृतक युवक पञ्चपुरी नगरपालिका वडा नं.९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयमा बनाइएको १४ दिन क्वारेन्टिनमामा बसेर हिजोमात्रै घर नजिक क्वारेन्टिनमा सरेका थिए।

प्रकाशित: Jun 04, 2020| 09:05 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।