सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैंमा सपिङको अवसर

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैंमा सपिङको अवसर

मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ।

रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफूसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर पाँच सय रुपैयाँ बराबरको सामान उपलब्ध गराउने भएको हो।

कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जनाएको छ।

रिचार्जरले जेठ २३ गते शुक्रबार १ बजेदेखि १ घण्टा अवधिमा आफ्ना प्रयोगकर्तालाई क्यासलेस पर्चेज अफरअन्तर्गत पाँच सय रुपैयाँ बराबरको सामान निःशुल्क उपलब्ध गराउन लागेको हो।

यसरी अर्डर हुने सामान डेलिभरी पनि निःशुल्क हुनेछ। ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्चेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउनेछ।

पाँच सय रुपैयाँभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एसिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने ग्लाइडरले बताए।

तीनवटै बैंकले रिचार्जरबाट ५ हजार रुपैयाँसम्मको सामान किनेर रकम तिर्नेहरुको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिनेछन्। क्यास अन डेलिभरीको पनि व्यवस्था गरिएको छ।

नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा १०० क्यास प्वाइन्ट पाउनेछन्। जतिको रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पनि पाइन्। यसरी मोबाइल रिचार्ज गरी शतप्रतिशत क्यास ब्याक जम्मा गरेर नयाँ प्रयोगकर्ताले पनि अफरमा सित्तैंमा सामान किन्न सक्छन्।

बिमा, बिजुली, इन्टरनेट, टीभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा २० पनि प्रतिशत क्यास प्वाइन्ट पाइन्छ।

 

प्रकाशित: Jun 04, 2020| 11:10 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्