सोमबार, भदौ ८, २०८३

आक्रमणको विरोधमा रौतहटका स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् ।

नगरपालिकाको बैरिया क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी खुर्शीद आलममाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् ।

स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेपछि नगर क्षेत्रका सबै क्वारेन्टिन अहिले स्वास्थ्यकर्मीविहीन भएका छन् ।

पीसीआर रिपोर्ट आउन ढिलाइ भएको र नेगेटिभ आएकालाई आरडीटी गर्दा पोजिटिभ देखिएपछि आक्रोशमा आएका बैरिया क्वारेन्टिनमा रहेका मानिसहरुको एक समूहले स्वास्थ्यकर्मी आलममाथि बुधबार सांघातिक आक्रमण गरेको थियो।

उनीहरुको आक्रमणमा परी आलमको टाउकोमा चोट लागेको छ । स्वास्थ्यकमीमाथि पटक पटक आक्रमण हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको नेपाल स्वास्थ्यकर्मी संघ रौतहटका अध्यक्ष इसराजुल खानले बताए ।

‘जोखिम मोलेर क्वारेन्टिनमा खटेका स्वास्थ्यकर्मीमाथि ज्यानै लिने गरी आक्रमण भएको छ,’ खानले भने,‘यस्तो अवस्थामा काम गर्न सकिन्न, कुटपिट गर्नेलाई तत्काल कारबाही हुनुपर्दछ ।’

यसअघि पनि दुई चार स्थानमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइसकेको बताउँदै उनले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म स्वास्थ्यकर्मीहरु काम गर्न नसक्ने स्पष्ट पारेका छन् ।
अहिले राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु हड्तालमा उत्रेको उल्लेख गर्दै अध्यक्ष खानले आन्दोलनको थप कार्यक्रमबारे निर्णय गर्न छलफल भइरहेको बताएको छन् ।

 

प्रकाशित: Jun 04, 2020| 12:40 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।